ठूलो परिमाणमा लागूऔषधसहित सिरहामा एक जना पक्राउ परेका छन् ।
आफ्नै घरमा लागु औषध लुकाएर राखेका जिल्लाको धनगढीमाई नगरपालिका ९ जिरोमाइल बस्ने गंगाप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो । यादवको घरबाट तीन बोरामा प्याक गरी राखिएको अवस्थामा डाइलेक्स डिसी १०० एमएलको ४४८ बोतल, नाइट्रोकाइट ६ डब्बा १ हजार ८ सय थान, स्पास्मोस ६ डब्बा ८ सय ६४ थान र पोडविन १ सय ८० थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यादवले घरमा लागुऔषध लुकाएर राखेको गोप्य सूचनाको आधारमा मंगलबार प्रहरीले छापा मार्ने क्रममा उक्त लागु औषध फेला पारेका थिए ।
छापामार्ने क्रममा उनको घरबाट तीन बोरा लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सिराहका डीएसपी माधवराज खरेलले जानकारी दिए । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको डीएसपी खरेलले बताए ।