महोत्तरीको औरहीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। विहीवार विहान आफ्नै कुखुरा फर्ममा कुखुरालाई दाना हाल्न गएकी औरही नगरपालिका ९ इनर्वाकी ४० वर्षीया मिना देवी सहनीको मृत्यु भएको हो।
फर्मममा जडान गरिएको तारमा करेन्ट लाग्दा मिनाका श्रीमान सुरेश र ४ वर्षीय भतिज राजा घाइते भएका छन्।
घाइते दुबैजनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको महोत्तरीका प्रहरी नावय उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए।