प्रदेश १ का मुख्यमन्त्री शेरधन राई स्वास्थ्य उपचारका लागि शुक्रबार थाइल्याण्ड प्रस्थान गरेका छन् ।
उनी नेपाल वायु सेवा निगमको जहाजबाट उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका हुन् । उनले निजी खर्चमा नै उपचार गर्न त्यसतर्फ गएको बताएका छन् ।उनले थाइल्याण्डको राजधानी बैंकक स्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा स्वास्थ्य उपचार गराउनेछन् ।
घाँटीको समस्याबाट पीडित मुख्यमन्त्री राई स्वदेशमा रोग पत्ता लाग्न नसकेपछि थाइल्याण्ड गएका हुन् ।उनले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, ग्राण्डी र नेपाल मेडासिटी अस्पतालमा उपचार गराएका थिए ।