मालपोत कार्यालय जनकपुरका लेखापढी व्यवसायीहरु अनलाईन फारमको विरोधमा उत्रेका छन्।
मालपोत कार्यालय जनकपुरले आइतबारदेखि अनलाइन प्रणाली लागू गरेसँगै उनीहरु विरोधमा उत्रेका हुन्। यस व्यवस्थाअन्तर्गत पुरानो ढाँचालाई मान्यता नदिएको र अनलाइन प्रणालीका कारण आफूहरुको हकअधिकार कुण्ठित गरिएकाले विरोधमा उत्रेको लेखापढी व्यवसायीहरु बताउँछन्।
अनलाइन प्रणाली तत्काल लागू नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिसके पनि कार्यालयले अदालतको समेत अवहेलना गरेको उनीहरुको आरोप छ। अदालतको आदेश अनुसार पुराना ढाँचाका फर्महरुलाई कार्यालयले लिन नमाने आफूहरु सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने व्यवसायीहरुले चेतावनी दिएका छन् ।
जग्गा नामसारीसहित अन्य प्रयोजनका लागि अनलाइन प्रणालीमा कार्यालयले पुराना फर्म रुजु गर्न नमानेपछि आफूहरुको हकअधिकार कुण्ठित भएको नेपाल लेखापढी कानुन व्यवसायी एकाइ कार्यालय मालपोतका उपाध्यक्ष रितलाल महतोले बताए।