तिहार तथा छठपर्वलाई लक्षित गर्दै विराटनगर स्थित साल्ट ट्रेडिङ कर्पोरेशनले सुपथ मुल्य पसल संचालन गरेको छ।
साल्ड टे«डिङले कार्यालय परिसरमा विक्रिकक्ष राखेर सुपथ मुल्यमा चिनी तथा नुन विक्रि गरेको कार्यालय प्रमुख नविन चन्द्र झाले वताए।
सुपथ मूल्यको पसल कात्तिक २७ गतेसम्म संचालन हुनेछ। कार्यालयले वीरगन्जबाट चिनी ल्याएर विक्रि गरेको हो। कार्यालयको गोदामा ७ सय वोरा चिनी स्टक रहेको कार्यालय प्रमुख झाले जानकारी दिए।
साल्ट टे«डिङको गोदामबाट चिनी प्रतिकेजी ६८ रुपैंया र नुन प्रति प्याकेट १८ रुपैयामा विक्रि भइरहेको छ। झाका अनुसार एक जनालाई ६ किलोसम्म चिनी तथा ६ केजीसम्म नुन दिइएको छ।
विराटनगर लगायत आसपासका वजारमा प्रतिकेजी ७५ रुपैयासम्म चिनी विक्रि हुने गरेको छ।