लक्ष्मी पूजाकाे समयमा बालेको दियोबाट आगो सल्किँदा हेटौैँडा उपमहानगरपालिका १६ चिसापानीमा एकजना घाइते भएका छन्। ३० लाख बराबरको क्षति भएको छ।
भरत रोक्काको घरमा आगलागी भएको हो।
दियो बालेको ठाउँ नजिकै राखिएको पेट्रोल सार्न खोज्दा दियोको रापले पेट्रोललाई भेटेपछि आगलागी भएको हो। आगाले भेटेपछि भरत रोक्काको घरमा डेरा गरी बस्ने १४ बर्षीय रेशम गौतम घाइते भएका हुन्।
उनको हात, खुट्टा र अनुहार जलेपछि उपचारका लागि चुरेहिल अस्पताल लगिएको छ। रोक्काको घरमा सल्केको आगो फैलिएर छिमेकमा रहेका रामकुमार पुडासैनीको चियापसल, एकबहादुर बलामीको मिठाइ पसल र देबकृष्ण गौतमको फलफुल पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।