रामेछापबाट सोलुका लागि बिभिन्न बिमान कम्पनीहरुले नियमित उडान भर्न थालेपछि रामेछापमा पर्यटकहरुको आमगनमा बृद्धि हुदै जान थालेको छ ।
यस अघि यो सिजनमा सुनसान हुने गरेको रामेछापमा तारा एयर, समिट एयर र सिता यएर लगाएतका उडान कम्पनीहरुले काठमाण्डौ –रामेछाप –सोलु नियमित उडान भर्न थालेपछि जिल्लामा बिदेशी तथा स्वदेशी पर्यटकहरुको आमगनमा बृद्धि हुन थालेको हो ।
बिमान कम्पनीहरुले रामेछापको मन्थली सम्म केहि पर्यटकहरुलाई हवाइजहाज त केहिलाई गाडिमा ल्याइदिने र मन्थली बाट हवाइजहाज मा सोलुको लुक्ला मा लगिदिने गरेका कारणपनि रामेछापमा पर्यटकहरुको आगमन मा बृद्धि हुदै गएको हो ।
प्राइभेट विमान कम्पनीले काठमाण्डौका विमानस्थलमा भिडभाड बढी हुने र हवाइ ट्राफिक जाम हुने भएपछि काठमाण्डौ विकल्पका रुपमा मन्थली विमानस्थललाई प्रयोग गर्न थालेपछि असोज महिनाको बिच देखि नै हालसम्म पर्यटकहरुको चाप बाक्लै हुने गरेको छ।
हिजो आज दैनिक रुपमा मन्थली विमानस्थलबाट सोलुखुम्बुका लागि दिनमा २४ वटा सम्म उडानहरु भर्दा दिनमा कम्तिमा पनि ३ सय २९ जना बिदेशी पर्यटक हरु उडने गरेका छन् । मन्थली बिमानस्थल बाट सोलुको लुक्लाका लागि दैनिक रुपमा घटिमा १० वटा उडा्न र बढिमा २४ वटा उडान हुने गरेको नागरिक उड्यन प्राधिकरण रामेछापका प्रमुख केदार सत्यालले बताए । असोज महिना देखि हालसम्म नै पर्यटकहरुको चाप दैनिक हुने गरेको सत्याल बताउछन् ।
सिता र तारा एयरलाइन्सले काठमाण्डौ देखि सोलुखुम्बुको उडानका लागि पर्यटकहरु सडक मार्ग हुदै मन्थली पुर्याएर मन्थली विमानस्थलबाट मात्र सोलुका लागि उडान गर्न थालेपछि मन्थली बजार र बिमानस्थल वरपर चहलपहल बढनुका साथै साझ बिहान होटलमा पर्यटकहरु बस्ने गरेका कारण ब्यबसायिहरुलाई समेत फाइदा पुगेको छ ।