सरसफाई तथा पोखरी सम्बद्र्धनका लागि जनकपुरधाम उप–महानगरपालिका र खानेपानी मन्त्रालयबीच २ अर्ब १० करोड रुपैयाँको सम्झौँता भएको छ।
उपमहानगरपालिका र खानेपानी मन्त्रालयका पदाधिकारीबीच ३१ वटा पोखरीको सम्बद्र्धन तथा रंगभूमी मैदान (वाह्रविघा) लाई अन्तर्राष्ट्रिय स्तरको मैदानको रुपमा विकास गर्न सम्झौँता भएको हो।
मंगलवार भएको सम्झाँैतामा जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा नम्बर २५ का वडाध्यक्ष उमेश यादव, खानेपानी मन्त्रालयका सिडिइ रामकुमार श्रेष्ठ, महानिर्देशक सुनिलकुमार दास र आयोजना तर्फवाट इन्जिनियर सुधिरकुमार साहले हस्ताक्षर गरेका छन्। सम्झौतामा आयोजना प्रमुख विद्यानाथ भट्टराई र उपमहानगर प्रमुख लालकिशोर साहले प्रमाणिकरण गरेका थिए।
वैठकमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर, उप–महानगरपालिकाका मेयर साह, खानेपानी तथा ठल व्यवस्थापन विभागका मिना श्रेष्ठ लगायतको उपस्थिति थियो।