कपिलवस्तु प्रहरीले बगुंर चोरी गर्ने दुई जना पक्राउ गरेकाे छ।
आइतबार राति बरईपुरका नरदाहे पासीले पालेको ११ वटा बंगुर चोरी गरेको आरोपमा बुद्धभुमी नगरपालिका वडा न. ७ का प्रेम बहादुर ढाडी र राम वली कुर्मी बंगुरसहित तौलिहवाबाट पक्राउ परेका हुन्।
चोरीमा संलग्न अर्का द्वारीका पासी भने फरार रहेको इलाका प्रहरी कार्यालय महाराजगंजका प्रहरी नायव निरीक्षक अशोक कुमार श्रीवास्तावले जानकारी दिए। प्रेमबहादुर ढाडी र राम वली कुर्मी केही दिन पहिले बरईपुरमा बंगुर खरिद गर्न आएका थिए।
पासीले बगुर बेच्न नमाने पछि उनीहरुले अाइतबार राति बगुंर चोरी गरेर तौलिहवानजिकैको सडवा गाउँमा पुर्याएका थिए ।