काठमाडौ उपत्यका पछि प्रदेश १ सरकारले १४ जिल्लामा पिक आवरमा टिपर गुड्न बन्देज लगाइएको छ । टिपरका कारण दुर्घटनाको जोखिम बढेपछि प्रदेश सरकारको आदेशमा ट्राफिक प्रहरीले पुस १ गतेबाट लागू हुनेगरी दैनिक ४ घण्टा प्रतिवन्ध लगाइएको छ ।
जस अनुसार पुस १ गतेबाट विहान ९ देखि ११ र बेलुका ३ बजेदेखि ५ बजे सम्म टिपर आवागमनका रोक लगाइने छ ।‘तत्काललाई मुख्य राजमार्ग र सहायक राजमार्गमा रोक लगाइएको हो । रोक लगाइएको समयमा टिपर चलाए कारवाही हुने जनाइएको छ ।