समाजका गरीब, विपन्न असहाय बालबालिकाको लागि ओपन स्काई सेवा सोसाईटी यतिखेर जिम्मेवार अभिभावक बनेको छ । समाजका असहाय बालबालिकालाई अभिभाकत्व प्रदान गर्दै ओपन स्काई जिम्मेवार अभिभावक बनेको हो ।
मस्र्याङ्दी गाउँपालिका भित्रका कष्टकर जीवनयापन गर्न बाध्य त्रिभुवन मावि धनपोखरा र लत्ताकुञ्ज आधारभुत विद्यालय सिउरुङमा अध्ययनरत ८ जना बालबालिकाहरुलाई आउँदो नयाँ शैक्षिक सत्रवाट पढाईमा हुने सबै खर्च, स्कुल ड्रिस, शुल्क, किताब, कपि, कलम लगायतका शैक्षिक सामाग्री संस्थाले उपलब्ध गराउने भएको छ ।
गाउँपालिका भित्र रहेका अपाङ्ग असहाय नागरिकहरुलाई ५५ थान कमल र विद्यार्थीहरुलाई ३० थान ट्याकसुट वितरण गरिएको ओपन स्काई सेवा सोसाईटीको उपाध्यक्ष दुधकाशी तामाङले बताए । उनका अनुसार देशभर विकट गाउँगाउँमा चुलोचौकामा मात्र सिमित रहेका महिलाहरुलाई व्यवसायमा आकर्षण गरी स्वरोजगार सिर्जना गर्नेका लागि सिप मुलक तालिम दिई रहेका छ ।
समाजका असहाय बालबालिकालाई एउटै छानामुनि आधारभूत शिक्षा, स्वास्थ्यलगायतका विभिन्न आवश्यकतासहित मातृत्व स्नेह प्रदान गरेको सो ओपन स्काई पछिल्लो समय सबैका लागि अनुकरणीय एवं समाजप्रति उत्तरदायी बनेको हो ।
गत साउन महिनावाट स्थापना भएको संस्थाले काठमाडौँ जिल्ला भित्र १ सय ५ जना असहाय बालबालिकालाई निःशुल्क पढाईरहेका छन् । यस्तै सिन्धुपल्चोक जिल्ला दुई कोठे विद्यालय निर्माण समेत निर्माण गरि सकेको ओपन स्काईका अध्यक्ष मोहन श्रेष्ठले बताए ।
संस्था सञ्चालनको पहिलो अवस्थामा निकै कठिनाइ आएको भए पनि सबै क्षेत्रको उल्लेख्य सहयोगले असहाय बालबालिकाको क्षेत्रमा लाग्न आफूलाई थप प्रेरणा मिलेको छ । उनले भने हाम्रो समाजमा विभिन्न क्षेत्र, वर्ग र संस्कारबाट आएका अपाङ्ग असहाय बालबालिका र जेष्ठ नागरिकलाई सहयोग गर्ने पाउँदा आफूलाई गर्व लागेको छ ।
समाजका बेसहारा बालबालिकाको अभिभाकत्व ग्रहण गरेर राज्यको जिम्मेवारीभन्दा माथि उठेर सामाजिक उत्तरदायित्व पूरा गर्दै जनस्तरबाट सञ्चालित संस्थाको निरन्तरताको लागि मूल्याङ्कनको आधारमा सरकारीस्तरबाट समेत उचित सहयोग हुनु अपरिहार्य भएको छ ।