मोरङको उर्लावारी-७ मा भएको आगलागीमा परी एक महिलाको मृत्यु भएको छ।
रामवहादुर थापाको घरमा आगलागीहुुदा वुुहारी ४५ वर्षिया रेणुका थापाको जलेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। आगलागीवाट घरमा रहेको ग्यासको सिलिण्डर विस्फोट भएको थियो ।
ग्यास सिलिण्डर विस्फोट पछि धुुवाका कारण रेणुुकाको निसासिएर वाहिर निस्कन नसकेपछि जलेर मृत्यु भएको प्रहरीको भनाइ छ। काठको घरमा लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा लिइएको थियो ।