विराटनगर महानगरपालिकाका मेयर भिम पराजुुलीले महानगरवाट पाउने पारश्रमिक तथा तलवभत्ता दिनदुुखीहरुको सहयोगका लागि प्रदानगर्न थालेका छन् । महानगरपालिकाका पारिश्रमिक मात्र नभएर विदेशवाट आउने भत्ता रकम समेत गरिव असहाय तथा विद्यालयका जेहन्दार र गरिव विद्र्यार्थिको छात्रवृतिकालागि सहयोगगर्न थालेका हुन् ।
महानगरपालिकामा निर्वाचत भएरु मेयर वनेपछि पराजुुलीले महानगरापलिकाले दिने तलवभत्ता नलिने घोषणा गरेका थिए । त्यहि अनुुसार मेयर पराजुुुलीले शुक्रबार आगजनीवाट घरबार बिहिन बन्न पुगेका विराटनगर स्थित वार्ड नं ४ का सिताराम लाल दासलाई आफनो तलव भत्तावाट आएको रकम आर्थिक सहयोग गरे। मेयर पराजुुलीले दासलाई ५० हजार रुपैया आर्थीक सहयोग गरेका हुन् ।
आगजनीमा परि घरबार विहिन बन्नपुगेका दासलाई ५० हजार रुपैयाको चेक मेयर पराजुलीले प्रदान गरे । मेयर पराजुलीले आगजनीमा परेका परिवारलाई लत्ताकपडा र ७ दिनसम्म पुग्ने खाद्य सामाग्री समेत प्रदान गरे । गत बिहिवार बेलुका बिद्युत सर्ट भएर दासको घरमा आगजनी भएको थियो । आगजनीबाट कुनै मानविय क्षती नभएपनि उनको घर पूर्णरुपमा क्षती भएको थियो ।
आफुुले पाउने तलव भत्ता दिनदुुखी ताथ सामाजिक कार्यमा लगाउने प्रतिबद्धता जनाउनुु भएको मेयर पराजुुलीले गतवर्षदेखी आफनो तलवभत्ता दिनदखीको सहयोगमा दिन थालेका हुन् ।मेयर पराजुुलीले गत आर्थिकवर्षको पारिश्रमिक तथा तलभत्ताको विराटनगर स्थित सयपत्री प्रावीलाई प्रदान गरे ।
मेयर पराजुुलीले यसवर्ष प्लस टु पासरगर्ने विद्र्याथिको छात्रवृतिकालागी आफनो पारिश्रमिकवाट आएको रकम संकलन गरेर साढे चारलाख रकम छुुटयाएको पनि बताए । महानगरवाट आफुुले पाउने पारिश्रमिक भत्ताको रकम प्लस टुुका विद्र्याथीलाई छात्रवृति दिन लागेको बताए। रकमको अभावमा कुुनैपनि जेहन्दार विद्र्यार्थी पढ्नवाट वन्चित नहुुन भन्ने उदेश्यले छात्रवृति दिन लागेको उनको भनाई छ ।
मेयर पराजुुलीले विदेश भ्रमणवाट आएको भत्ता समेत सहयोग गर्ने गरेका छन् । विराटनगर ४ स्थित लक्ष्मिनारायण सस्कृतीक विद्यालयलाई विदेश भ्रमणवाट आएको १ लाख रुमम सहयोग प्रदान गरेको उनले बताए । पराजुुलिले छात्रवृतिका लागी छुुटयाएको रकम मध्येवाट ५० हजार रुपैया आगलागीवाट पिडित दासलाई प्रदन गरेको पनि बताए ।