विश्वकै लोकप्रिय अनलाइन गेम पबजीका कारण भारतको कश्मीरका एक व्यक्ति अस्पताल भर्ना भएका छन् । कश्मीरका एक फिटनेस ट्रेनर लगातार १० दिनसम्म पबजी खेलेका कारण मानसिक सन्तुलन गुमाएर अस्पताल भर्ना भएका हुन् ।
ती व्यक्तिको परिचय सार्वजनिक गरिएको छैन, तर उनले १० दिनअघि उक्त गेम डाउनलोड गरेको र गेमको एक राउण्ड पूरा गरेपछि आफैंलाई नोक्सान पु-याउन थालेको बताइएको छ । उपचारमा संलग्न डाक्टरले उनको अवस्था गम्भीर रहेको र मानसिक सन्तुलन बिग्रिएको बताएका छन् ।
जम्मु कश्मीरमा अहिलेसम्म यस्ता ६ वटा घटना भइसकेका छन् । यहीकारण स्थानीयले राज्यपालसमक्ष यो गेममा प्रतिबन्ध लगाउन माग गरेका छन् ।
गत वर्ष नै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अनलाइन गेम खेल्ने लतलाई मानसिक रोगको श्रेणीमा राखेको थियो, जसलाई गेमिङ डिस्अर्डर भनिएको छ । सर्भिसेज फर हेल्दी युज अफ टेक्नोलोजी (सट) क्लिनिकका अनुसार प्रविधिको दुव्र्यसन भएकामध्ये ६० प्रतिशतले गेम खेल्छन्, २० प्रतिशतले पोर्न साइट हेर्छन् र बाँकी २० प्रतिशतले सामाजिक सन्जाल चलाउँछन् । मनोविज्ञका अनुसार गेम खेल्ने बानीले आत्मनियन्त्रण गुमाउने कला गुम्दै गएको छ ।
गेमिङ एनालिटिक्स फर्म न्युजुकाअनुसार विश्वभर गेमिङउद्योगको कमाई १३८ अर्ब डलरभन्दा बढी छ, जसमा ५१ प्रतिशत मोबाइल गेम हुन्छ । गेमबाट सबैभन्दा बढी आय उठ्ने मुलुकमा भारत २०म्ुलुकभित्र पर्छ । पछिल्लो समय लोकप्रिय रहेको पबजीका २ करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता छन् भने यसको दैनिक कमाई १२ करोडभन्दा बढी हुने गरेकोछ । यो गेम २० करोडभन्दाबढी डाउनलोड भएको छ ।