प्रतिबन्धित लागूऔषध चरेश सहित वीरगंजबाट २ जना पक्राउ परेका छन्।
शनिवार व्हिान बिरगंजको शंकरआचार्य गेट नजिकबाट ५ किलो प्रतिबन्धित लागूऔषध चरेश सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा बिरगंज महानगरपालिका–११ बस्ने १८ बर्षिय राज पंडित र कालिकामाई गाउँ पालिका–२ बस्ने १७ बर्षिय अखलेश कानु रहेका छन्।
प्रहरी चौकी ईनर्वा, पर्साबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। नेपालबाट भारततर्फ जादै गरेको अबस्थामा शंका लागि चेक जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
लागूऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरका सूचना अधिकारी एवं प्रहरी प्रवक्ता डिएसपी दानबहादुर थापाले जानकारी दिए।