सहज रुपले घरदैलोमा स्वाथ्यसेवा पुु-याउने उद्देश्यले धनपालथान गाउँपालिकाले मोरङको दादरवैरीयामा स्वाथ्य शिविर संचालन गरेको छ।
धनपालथान गाउँपालिका वडा नं. ६ को आयोजनामा भएको एक दिने स्वास्थ्य शिविरमा ४ सय ८६जनाले स्वास्थ्य सेवा पाएका छन्।
शिविरमा विराटनगरस्थित कोशी अञ्चल अस्पतालका सातजना विशेषज्ञ डाक्टरहरुले सेवा पु-याएको ६ नम्बर वडा अध्यक्ष मोहमद हुसेनले जानकारी दिए।
शिविरमा प्रेसर, सुगर, नाककान घाटीका विरामी, हड्डी खिइएका विरामी उपचारका लागि धेरै आएको डाक्टर रोशन खड्काले जानकारी दिए। शिविरमा ल्यावटेस्ट र औषधीको निशुुल्क वितरणमा रेकर प्याथोलोजी क्लिनिकले सहयोग गरेको थियो।
जटिल खालका विरामीलाई कोशी अञ्चल अस्पतालमा उपचारको व्यवस्था मिलाईएको पनि वडा अध्यक्ष हुशेनले बताए।