सडक फराकिलो गर्न माग गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको घर अगाडि स्थानीयले सडक जाम गरेका छन्।
जनकपुरको रामानन्दचोकदेखि जानकी मन्दिर जाने अति व्यस्त सडकमा सवारी साधन र सर्वसाधारणको चापले सधैं अस्तब्यस्त हुने गरेको छ।
सो क्षेत्रमा ४२ फिट चौडा सडक मात्र भएकाले सर्वसाधारणलाई आवतजावतमा समस्या परेको भन्दै स्थानीयले बुधबार विहान आधा घण्टा चक्का जाम गरेका हुन्।सडक कम्तिमा ५२ फिट फराकिलो बनाउनुपर्ने उनीहरुको माग छ।
सुुख्खा याममा अत्यधिक धुुलोका कारण स्थानीयको स्वास्थ्यमा असर परेको भन्दै स्थानीयले धुलो नउड्ने व्यबस्था मिलाउन पनि माग गरेका छन्।