जनकपुर अञ्चल अस्पतालबाट फरार भएका कैदी पक्राउ परेका छन्।
बिहीवार राति उपचारका लागि अस्पताल ल्याइएका कैदी रञ्जित यादव अस्पतालबाटै भागेका थिए। यादवलाई बिहीबार राति नै जनकपुरको रेल्वे स्टेशन क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
चोरी मुद्दामा पक्राउ परेका यादव गत मंसिरदेखि पुर्पक्षका लागि जलेश्वर कारागारमा थिए। उनलाई एपेन्डिक्सको उपचारको लागि बिहीबार राति तीनजना प्रहरीको निगरानीमा जनकपुर अञ्चल अस्पतालमा भर्ना गरेको थियो। सोही क्रममा उनी अस्पतालबाटै फरार भएका थिए।