धनुषामा जन्ती सवार बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ । राति करिब साढे ८ बजेतिर सिन्धुलीको दुधौलीबाट जन्ती लिएर आउँदै गरेकाे ना ५ ख १७५२ नम्बरको बसमा करेन्ट लागेर ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ३ महिला, १ बालिका र एक बालक छन् भने एकजनाको शरीर डढेकोले पहिचान हुन सकेको छैन । गम्भीर घाइते २ जनालाई जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । बसमा ४० जनाभन्दा बढी जन्ती सबार थिए ।
सबैला नगरपालिकाको बल्टियामा एघार हजार भोल्टको तार बसको छतमा सर्ट भएर करेन्ट लागेको प्रहरीको भनाई छ । घाइतेहरुकाे उद्धारका लागि तत्कालै प्रहरीकाे टाेली घटनास्थल पुगेकाे थियाे।