मानवीय सेवामा कामगर्दै आएको नेपाल रेडक्रस सोसाइटी मोरङले गत आर्थिक वर्षमा १९ हजार १ सय ६१ पिण्ट रगत संकलन गरेको छ।
मोरङको ग्रामथान गाउँपालिकामा आज आयोजित सोसाइटीको ४६ औ वार्षिक साधारण सभा र आर्थिक प्रतिवेदन कार्यक्रममा सो जानकारी गराइएको हो ।
यसरी संकलन गरिएका रगत मध्ये मोवाइल संकलनवाट ११ हजार ७७२, ऐच्छिक सोधभर्नाद्धारा ३६२, स्वयसेवीवाट ७ हजार २७ पिण्ट रगत संकलन गरी १८ हजार १ सय ६१ पिण्ट स्वास्थकर रगत विरामीलाई वितरण गरेको छ । त्यसमध्ये विराटनगर स्थित युुथ फोर व्लड नामक संस्थाले ८ सय ७४ पिन्ट रगत संकलन गरेको थियो ।
सो अवसरमा शाखा अध्यक्ष सुवोधकुमार सिंहले मानव सेवा कार्यमा आफ्नो घोषित उद्देश्य अनुसार संस्थाले कार्य गरिरहेको वताउदै १९ हजार ८४० विपद पीडित व्यक्तिलाई गत वर्ष राहत सामाग्री वितरण गरिएको जानकारी दिए ।
सभामा सोसाइटीका मोरङ कोषाध्यक्ष सुकदेवप्रसाद मण्डलले आगामी आव ०७६ः७७ का लागि रु २ करोड ८९ लाख ९९ हजार ९२९ को अनुमानति वार्षिक वजेट पेश गरे । सो अवसरमा ग्रामथान गाउँपालिका उपाध्यक्ष फूलकुमारी चौधरी र शाखाका मन्त्री डिल्ली पोखरेलले वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा उत्कृष्ठ शाखाको रुपमा क्रमस वाहुुनी उपशाखा, सिजुुवा उपशाखा तथा बनिगामा उपशाखालाई कदरपत्रबाट सम्मान गरिएको थियो । यसैगरी सवैभन्दा बढि रक्तदानगर्ने विराटनगरको युुथ फोर व्लड, एलपी ग्यास विक्रेता संघ, प्रदेश न १ प्रहरी कार्यालय विराटनगर, लायन्स क्लव तथा सुुकना वहुुमुुखी क्याम्पसल लगायत एकदर्जन संघ संस्थाहरुलाई समेत सम्मान गरिएको थियो ।मोरङ जिल्लामा ५३ उप उपशाखा अन्तगर्तत २९४ जना प्रतिनिधिको साधारण सभामा सहभागिता रहेको थियो ।