सेवाग्रहीसँग घुस लिन पुगेका मालपोत कर्यालय जलेश्वर महोत्तरीका एक कर्मचारी पक्राउ परेका छन् । मुद्दा फाँटका नासु ढकबहादुर कार्कीलाई रु.१० हजार घुससहित अख्तियारले पक्राउ गरेको हो ।
महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरबाट कार्कीलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ । आमाको नाउँमा रहेको जग्गा आमाको मृत्युपछि छोरीहरूलाई नामसारी गर्ने क्रममा मुचुलुका बनाउन उनले घुस मागेका थिए । सेवाग्राहीले अख्तियारमा गोप्य सूचना दिएपछि अख्तियारको टोलीले उनलाई शनिवार दिउँसो पक्राउ गरेको हो ।