धनुषामा भारतीय नम्बर प्लेटको गाडीमा एक युवकको शव भेटिएको छ । आइतवार विहान मिथिला नगरपालिका–३ हरिहरपुर स्थित खेतमा अन्दाजी २२/२३ वर्षको युवकको शव भेटिएको प्रहरीले जनाएको छ ।
बिआर ०७ पीए ५०८७ नम्बरको स्कार्पियो गाडीमा एक युवकको शव अलपत्र देखेपछि खेत गएका स्थानीयले तत्कालै प्रहरीलाई खवर गरेका थिए । लगत्तै घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय ढल्केवर तथा प्रदेश प्रहरीको सँयुक्त टोलीले घटनास्थलको चारैतर्फ २०० मिटरको घेरा हालेको छ । घटनाको सुक्ष्म अनुसन्धानका लागि हेटौडाबाट डग टोली (प्रशिक्षित कुकुर) अर्थात कुकुर सहितको प्रहरी टोली आउने भएको छ । टोली आएपछि घटनास्थलमा अनुसन्धान सुरु गरिने ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।