प्रदेश एकका सवै जिल्ला अस्पताल अव ५० शैय्याका हुने भएका छन्।
प्रदेश सरकार पहिलो चरणमा मोरङको रंगेली, मंगलवारे झापाको दमक तथा उदयपुरको कटारी अस्पतालको स्तरोन्नती गर्दै ५० शैय्या बनाउन लागिपरेको छ। ती अस्पतालहरु अहिले १५ शैय्यामा सञ्चालित छन्।
प्रदेश एकको समाजिक विकास मंत्रालयलले अस्पतालमा थप शैय्या अनिवार्य गरेको हो। प्रदेशका सवै जिल्ला अस्पतालहरु प्रदेश सरकारको मातहतमा आई सकेका छन्। अस्पतालमो थप शैय्या सञ्चालनका लागि प्रत्येक जिल्ला अस्पतातललाई प्रदेश सरकारले १ करोड ३० लाख रुपैयाँ विनियोजन गरिसकेको छ।
चालु आर्थिकवर्ष भित्रै चारवटै अस्पतालको शैय्या विस्तार हुने र सबै जिल्ला अस्पताललाई विशिष्ठ चिकित्सकीय सेवा प्रदान गर्ने उद्देश्यले स्तरोन्नती गर्न लागिएको सामाजिक विकासमंत्री जीवन घिमीरेले जानकारी दिए। अस्पतालको सेवालाई प्रभावकारी वनाउन स्वस्थ्य उपकरण समेत उपलव्ध गराउन मंत्रालयले प्रकृया अघि वढाएको छ।
रंगेली नगरपालिकाले रंगेली अस्पतालमा शैय्या थपगर्नका लागि केन्द्रीय सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयसँग पनि पहल भइरहेको जनाएको छ। रंगेलीमा रहेको सो अस्पतालल पूर्वको रंगेली, रतुवामाई, सनवर्सी नगरपालिका धनपाल गाउँपालिका तथा भारतीय सिमावर्ती गाउका मानिसलाई समेत स्वस्थ्य सेवा पुर्याउदै आएकोले पनि अस्पतालमा थप शैय्या आवश्यक रहेको रंगेली नगरपालिकाका मेयर दिलीप वगडियाको भनाई छ।