कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ भल्का बस्ने ४७ बर्षिया बलाराम बसुटेल शर्मा पक्राउ परेका छन् ।
परिर्वतन नाम ठेगाना कि १४ बर्षिया बालिका लाई उमेर पुगेपछि बिवाह गर्छु भन्दै फकाएर घरमा ल्याई पाचँ दिन सम्म लगातार बन्दी बनाई बलात्कार गरेको उजुरी परेको छ ।
पिडीत बालीकाकी आमाले ईलाका प्रहरी कार्यालय लम्कीमा हिजो २४ गते उजुरी दिएपछि हिजोनै उनी पक्राउ परेको ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।
बसुटेललाई अभियुक्त बनाई जिल्ला अदालतमा मुद्धा दर्ता भैसकेको र अदालतबाट थप अनुसन्धानको लागी सात दिनको म्याद थप गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी हरी वलिले बताए । अभियुक्त बसुटेलको घरमा कोही नभएको र श्रीमति चार बर्ष पहिलेनै बिष सेवन गरी मृत्यु भएको स्थानियले बताए ।