महानगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन विराटनगर महानगरपालिकाले ‘एक घर, एक धारा’को अवधारणा अनुुरुप काम अघि बढाएको छ।
महानगरका कतिपय घरहरु धाराविहीन भएको र गुुणस्तरयुुक्त पानी उपलब्ध नभएपछि सो अवधारणा अनुुरुप सबै घरमा धारा पुुर्याउने गरी काम अघि बढाइएको हो। प्रत्येक घरमा स्वच्छ तथा गुुणस्तरयुुक्त खानेपानी उपलब्ध गराउन तदारुकता देखाएको महानगरपालिकाका मेयर भिम पराजुुलीले बताए।
खानेपानीकै विषयलाई लिएर महानगरले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का प्रतिनिधिहरुसँग छलफल समेत गरेको मेयर पराजुलीले जानकारी दिए। जाइकासँग विराटनगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन यसका सम्भाव्यता र समस्याबारे छलफल भएको छ।
जाइकाको प्रतिनिधि मण्डलकी सदस्य नाकाइका जुनेरीले विराटनगरको खानेपानि अवस्था अध्ययन गर्न तत्पर रहेको बताइन्। विराटनगरको सिटी प्रोफाइल तयार भएसँगै जाइकाले अध्ययन शुरु गर्ने विषयमा महानगर र जाइकाबीच छलफल भएको हो।
विराटनगरमा खानेपानीको अवस्था दयनीय भएपछि महानगरले जाइकासँग मिलेर काम गर्न लागेको हो।
५६ वर्ष अगाडि गाडिएका खानेपानीको पाइप प्राय लिक भएका छन् भने शुद्ध खानेपानी नहँुदा महानगरवासीलाई समस्या हुुने गरेको छ।