सुनवर्सी नगरपालिका–६ की रुनादेवी साह निर्घात कुुटपिटबाट गम्भीर घाइते भइन्। सात महिनाकी गर्भवती साहलाई रंगेलीकी पिंकि साह, उनका देवर र ससुुराले घरमै गएर कुुटपिट गरेका थिए। घाइते साह उजुुरी दिन इलाका प्रहरी कार्यालय रंगेली पुगिन्।
त्यस्तै रतुवामाई–५ की २० वर्षीया सवाना खातुुनलाई श्रीमानले घरबाट निकालिदिए। ३ वर्षअघि धनपालथान गाउपालिका–४ का समिद अन्सारीसंग विवाह गरेकी खातुुनलाई आफुुले जन्माएको पहिलो नानी मृत्यु भएको कारण देखाउदै श्रीमान र सासु ससुराले घरबाट निकालेका थिए। चार दिनअघि उजुरी दिएकी खातुन पनि इलाका प्रहरी कार्यालय रंगेलीमै पुगिन्।
चिसाङ खोलामा सरस्वतीको मुर्ति सेलाउने विषयमा कटहरीका युवाहरुसंग झडप भयो। सोही विषयलाई लिएर रंगेली–४ का महादेव पासवान न्यायका लागी रंगेली इलाका प्रहरी कार्यालयमा पुगे।
संघिय संरचना अनुसार प्रत्येक स्थानीय तहमा उपमेयर तथा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति गठन भएको छ। घरेलु हिंसादेखि समान्य झगडा मिलाउने जिम्मेवारी न्यायिक समितिलाई दिइएको छ। तर सामान्य झगडादेखि गालि वेइजती, लेनदेन तथा कुटपिटका मुद्धा लिएर पीडित पंक्ष प्रहरीकैमा पुग्ने गरेको पाइन्छ। प्रहरी कार्यालयमा यस्ता उजुरीमाथि दिनहु छलफल हुुने गरेका छन्।
रंगेली ४ का महादेव पासवानले प्रहरीप्रति विश्वास भएर इलाका प्रहरी कार्यालय रंगेली आएको बताउँछन्। प्रहरीले छलफल गरेर होस् या मिलापत्र गरेर छिटो मुद्धा मिलाउने भएकाले पनि प्रहरीप्रति विश्वास रहेका उनको भनाई छ। स्थानीय डिल्लिराम घिमिरे प्रहरीले तत्काल पक्राउ गर्ने र थानामा ल्याएर अवस्था हेरेर मिलापत्र गर्ने, नभए कानुनी कार्वाही गर्ने भएकाले उजुरी लिएर प्रहरीमै आउने गरेको वताउँछन्।
इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार यहाँ दैनिक आधादर्जन यस्ता निवेदन पर्ने गरेका छन्। उजुुरीको अवस्था हेरेर दुुवै पंक्ष राखेर मिलाउने प्रयास गर्ने, नभएमा कानुुनी प्रकिृया अघि वढाउने गरेको प्रहरी निरीक्षक कविन्द्र कार्कीले वताए। तर कानुुनी कार्वाही गर्ने खालका निवेदनमा भने मिलापत्र नहुुने भएकोले सोझै कार्वाही प्रकृया अघि वढाउने गरेको उनको भनाई छ। जनताको साथी भएर काम गर्ने गरेकाले पनि प्रहरीप्रति जनताको विश्वास बढेको कार्की दाबी गर्छन्।