जनकपुरकाे सत्य कविर बालवात्सल्य अनाथ आश्रमलाई रामरत्न स्मृति प्रतिष्ठानले सहयोग गरेको छ ।
जनकपुर उपमहानगरपालिका–८ मा अवस्थित अनाथ आश्रममा अवलोकन तथा भ्रमणको क्रममा पुगेका रामरतन स्मृति प्रतिष्ठानका अध्यक्ष अरविन्द महतोले आश्रममा सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । ११ जना बालिका तथा २ जना बालक गरी १३ जना रहेको सो अनाथ आश्रममा अध्यक्ष महतोले खाद्यान्न सामग्री चामल, दाल, तेल लगायत शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका थिए ।
आश्रम संचालक सत्यनारायण आलोकले स्थापना तथा संरक्षकत्व प्रदान गरेको कविर बालवात्सल्य अनाथ आश्रममा प्रतिष्ठानका अध्यक्ष महतोसंगै पुगेका धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल र धनुषाका प्रहरी प्रमुख शेखर अनालले छोटो अन्तरक्रिया गरेका थिए ।
सोही क्रममा आश्रमद्वारा संचालित क्रियाकलाप र गतिविधिको अवलोकनका साथै वालवालिकाहरुको अवस्था तथा भौतिक अवस्थाको बारेमा जिज्ञासा राखेका थिए । अवलोकन भ्रमणका क्रममा सहभागिहरुले सत्यनारायण आलोकको त्याग र सेवाको प्रशंश गर्दै आफ्नो तर्फबाट कबिर अनाथ आश्रमलाई सक्दो सहयोग गर्ने बताएका थिए ।
अप्ठ्यारोमा परेका बालबालिकाहरुको भविष्यलाई सार्थक बनाउने कार्यमा आफ्नो तर्फबाट हुन सक्ने जति सहयोग जुटाउने रामरतन स्मृति प्रतिष्ठानका केन्द्रिय अध्यक्ष अरविन्द महतोले प्रतिबद्धता जनाएका थिए । संस्थापक आलोकले बालबालिकाहरुको लागि गरेको त्याग र सेवाको भावनालाई निक्कै प्रशंसनीय योग्य काम भएको बताउदै धन्यवाद समेत ज्ञापन गरे ।
सत्यकविर बालवात्सल्य अनाथ आश्रम सामाजिक सेवाको असाध्यै राम्रो उदाहरण प्रस्तुत भएको उल्लेख गर्दै समाजमा रहेका यस्ता बालबालिकाहरुको उज्वल भविश्यका लागि सबैले हातेमालो गर्न जरुरी रहेको बताए । आश्रममा १३ जना अनाथ बालबालिकाहरुको हेरविचार तथा पालनपोषण गर्दै आएका छन् ।