समयमा मर्मत नहुँदा पूर्व–पश्चिम महेन्द्र राजमार्ग जीर्ण बनेको छ। कोहलपुर–लमही खण्ड जीर्ण बनेको हो।
लामो समयदेखि मर्मत नहुँदा राजमार्गको ठाउँठाउँमा खाल्डाखुल्डी देखा परेका छन्। यिनै खाल्डोमा परी दिनहुँजसो सडक दुर्घटना हुने गरेका हुन्। खाल्डोमा परी विशेषगरी राजमार्गमा गुड्ने साना सवारी साधन दुर्घटनामा पर्ने गरेको प्रहरीले जनाएको छ।
जीर्ण अवस्थामा पुगेको राजमार्ग मर्मतका लागि सडक डिभिजन कार्यालय नेपालगञ्जले टेन्डर आह्वान गरे पनि प्रक्रियामा समस्या आएपछि ढिलाइ भएको जनाएको छ। नागरिक दैनिकमा खबर छ।