कपिलवस्तुको कृष्णनगरबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–९, बहादुरगञ्जका २९ वर्षीय बजरङ्गी कुर्मी रहेको प्रहरीले जनाएको छ। कृष्णनगर–१ डबराचोकबाट बहादुरगञ्ज जाँदै गरेका चौधरीमाथि शंका लागेर प्रहरीले चेकजाँच गर्दा कटुवा पेस्तोल फेला पारेपछि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए।
प्रहरीले चौधरीको साथबाट घरेलु नल कटुवा पेस्तोल र सोही हतियारमा प्रयोग हुने खोका एक थान बरामद गरेको छ। चौधरीमाथि हात हातियार तथा खरखजना सम्बन्धी मुद्दा चलाइने प्रहरी नायव उपरीक्षक रावलले बताए।