नेपाल र भारतका अधिकारीहरुबीच सीमा क्षेत्रको विषयमा संयुक्त बैठक तौलिहवामा सम्पन्न भएको छ ।
सदरमुकाम तौलिहवा स्थित शशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयमा सम्पन्न वैठकमा दुई देशको सीमा व्यवस्थापन, अन्तर सीमा अपराध नियन्त्रण, सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण लगायतको विषयमा छलफल गरिएको छ ।
यसैगरी भारतमा आउंदो मार्च महिनामा हुन लागेको आम निर्वाचनमा सीमा क्षेत्रमा हुन सक्ने धुपैठ र अपराध नियन्त्रणका विविध पक्षमा समेत बैठकमा छलफल गरिएको शशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कपिलवस्तुका शशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारीले बताए ।
बैठक नेपालका तर्फबाट कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, प्रहरी उपरीक्षक अच्युतम पुडासैनी, शशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी, राष्ट्यि अनुसन्धानका निमित्त जिल्ला प्रमुख विनय चर्तुवेदी र रुपन्देहीका शशस्त्र प्रहरी उपरीक्षक बसन्त कुमार बोगटीको उपस्थिति रहेको थियो ।
त्यसै गरी वैठकमा भारत सिद्धार्थ नगर जिल्लाका डि.एम.कुनाल सिल्कु, प्रहरी प्रमुख डा. धर्मवीर सिंह, एस.एस.वी.४३ बटालियनका कमाण्डनेन्ट जनार्दन प्रसादको उपस्थिति रहेको थियो ।नियमित रुपमा दुवै सीमावर्ती दुवै देशमा गरिने यस्ता वैठकबाट सीमा क्षेत्रमा आई पर्ने विवाद नियन्त्रण, सीमा सुरक्षा र अपराध नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए ।