१०९ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मोरङको धनपालथान गाउँपालिकाले एसईई परिक्षामा वि प्लस माथि अंक ल्याउने छात्रालाई आज साइकल वितरण गरेको छ ।
गाउपालिकाले सो गाउपालिकामा रहेर अध्ययन गरेर वि प्लस माथि अंक ल्याउने २० जना छात्रालाई साइकल वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष हरिलाल सिंह, उपाध्यक्ष नसिमा वानोले छात्रालाई साइकल वितरण गरेका हुन् ।
छात्रालाई उच्च शिक्षा हासिलगर्न आवतजावतमा सहज होस भन्ने उदेश्यले १ लाख ४० हजार रुपैया बराबरको साइकल खरिद गरी वितरण गरिएको गाउँपालिका अध्यक्ष सिंहले बताए । शिक्षाका लागि विभिन्न कार्यक्रम संचालनगर्दै आएको सो गाउँपालिकाले अघिल्लोवर्ष पनि एसईई उतिर्ण ७० जना छात्रालाई साइकल वितरण गरिएको उनको भनाई छ ।
अघिल्लो वर्ष सो गाउँपालिकाले एसईई परिक्षामा उतिर्ण ७० जना छात्रालाई साइकल वितरण गरेको थियो । अन्तर्राष्ट्रिय महिला दिवशको अवसरमा सो गाउपालिकाले गाउँपालिकामा र्यालि लगायत विभिन्न कार्यक्रमको आयोजना समेत गरेको थियो ।