मकवानपुरमा जन्ती बस पल्टिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १७ जना घाइते भएका छन्।
भक्तपुरबाट जन्ती लिएर आएको बा ४ ख २२१७ नम्बरको बस मंगलबार दिउँसो मकवानपुरगढी गाउँपालिका–२ चैनपुर धरमपानीमा पल्टिएको हाे। दुर्घटनामा काभ्रे ज्याम्दी घर भई भक्तपुर बस्ने ३० वर्षीय नवराज परियार र नुवाकोट घर भई बालाजु बस्ने २१ वर्षीय विकास धमला रहेकाे प्रहरीले जनाएको छ।
घाइते १७ जनामध्ये दुई जनाको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेकाे हेटौंडाको हेटौंडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएको छ। दुर्घटनाकाे जानकारी पाउनासाथ प्रहरी घटनास्थलमा पुगेको थियाे।