मोरङको रंगेली नगरपालिकाले नगर उज्यालो अभियान शुुरु गरेको छ । विजुली पुुगेका तथा नपुुगेका प्रत्येक स्थानमा विजुली पुुर्याएर सवै पोलहरुमा वत्ती जडानगर्ने लक्ष्यका साथ नगरपालिकाले अभियान शुुरु गरेको हो । त्यसका लागि विजलीको पोल , तार र त्यसमा प्रयोग हुुने वत्ती र जडानखर्च समेत नगरपालिकाले व्योर्हने जनाइएको छ ।
९ वटा वडा रहेको सो नगरपालिकाले पहिलो चरणमा दुुइहजार पोलमा वत्ती जडान हुुने छ । प्रत्येक वर्डामा १/१ सय गरी ९ सय र वाँकी मठमन्दिर चौक चौराहा साथै सार्वजनिक स्थलमा विजलीका वत्ती जडान गर्न तयारी शुुरु गरिएको नगरपालिका प्रमुुख दिलिप वगडियाले बताए । चालुु आर्थिकवर्र्ष भित्रमा दुुइ हजार पोलमा वत्ती जडानको काम सम्पन्न हुुने छ ।
प्रत्येक नगरवासीको घरसम्म सम्म विजली पुुर्याउन पोल नभएको ठाउँमा पोल गाडेर ब जडानगरी नगरका सवैवडा उज्याले उज्यालो पुुर्याउने लक्ष्यकासाथ अभियान शुुरु गरिएको उनले बताए । त्यसका लागी १ करोड भन्दा वढि खर्च लाग्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले ४० लाख मुुल्य वरावरको २५ वाटको वत्ती नगरपालिकाले खरिद गरिसकेको छ । बाँकि विजुलीको पोल , तार तथा फिटिङमा खर्चमा लाग्ने जनाइएको छ ।
यस अघि जनप्रतिनीधि वहाली हुुनु अघि सो नगरपालिकाले नगरक्षेत्रमा सोलार वत्ती जडान गरेको थियो । सोलार वत्ती लामो समय नटिकेपछि नगरपालिकाले यो अभियान शुुरु गरेको हो ।