नेपालका अजितकुमार यादवले हङकङमा भएको तेस्रो एसियाली युथ एथ्लेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।
आइतबार हङकङमा भएको तीन हजार मिटरको प्रतिस्पर्धामा अजितकुमारले निर्धारित दूरी ८ मिनेट ३०ः३२ सेकेन्डमा पार गर्दैै स्वर्ण पदक जितेका हुन्। नेपालले युथ एसियाली खेलकुदमा स्वर्ण जितेको यो नै पहिलो पटक हो। स्वर्ण पदक जित्ने क्रममा अजितकुमारले भारतका अमित जानगिन र यमनका गुमिल अल हमातीलाई पछि पारेका थिए।
रजत पदक हात पारेका भारतीय खेलाडी अमितले निर्धारित दूरी ८ मिनेट ३६ः३४ सेकेन्डमा पारेका थिए भने कास्य पदक जितेका यमनका हमातीले ८ मिनेट ३८ः६० सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए। प्रतियोगितामा सहभागिता जनाउन अजित र उनका प्रशिक्षक धनीराम चौधरी शुक्रबार हङकङ गएका थिए।