अभिनेत्री रेखा थापा क्रिकेट टिम किनेकी छिन्। विराटनगरमा हुने एनसिएल महिला टी–२० प्रतियोगिताका लागि अभिनेत्री थापाले काठमाडौं सुपर च्याम्पियन्स क्रिकेट टिम किनेकी हुन्।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेत्र थापाले महिला क्रिकेटमा केही योगदान गर्न टिम खरिद गरेको बताइन्। उनले आफू १४ वर्षदेखि महिलाकै क्षेत्रमा काम गरिरहेको र आयोजकले महिला क्रिकेट टिम किन्न प्रस्ताव आएपछि खरिद गर्ने निर्णयमा पुगेको बताइन्।
कार्यक्रममा टी–२० लिगमा सहभागी हुने चार टिम, टिम मालिक र मार्की खेलाडी घोषणा पनि घोषणा गरिएको थियो। थापाले किनेको काठमाडौं सुपर च्याम्पियन्समा नेरी थापा मार्की खेलाडी रहेकी छिन्।
यस्तै, अनुम सक्सेराको विराटानगर रोअरिङको मार्की खेलाडीमा करुण भण्डारी रहेकी छिन्। अनिल भण्डारी र दीपक सुवेदीले स्वामित्व लिएको भैरहवा क्विन्समा राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्री मार्की खेलाडी बनेकी छिन्। हरि खनालको धनगढी वन्डरवुमेनको मार्की खेलाडीमा सीता रानामगर रहेकी छिन्।
प्रतियोगितामा आगामी वैशाख ७ देखि १४ गतेसम्म विराटनगरको बैजनाथपुर रंगशालामा हुनेछ। प्रतियोगिताका लागि खेलाडी भित्र्याउन छिट्टै अक्सनको मिति घोषणा गर्ने आयोजकले जनाएको छ।