चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि काम गर्दै आएको धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ कीर्तिपुर खेल मैदानमा मातृभुमि कप मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गरिने भएको छ।
फाउण्डेशनद्धारा राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगिता अन्तर्गत चैत २३ मा राष्ट्रिय टोली कप्तान कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल नेतृत्वका दुई टोलीबीच खेल हुनेछ।
त्यसअघि कलाकारहरुका बीच पनि प्रतिस्पर्धा हुने पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष सिताराम कोइराला धुर्मुसले जानकारी दिए।
पारसको टिममा शरद भेषवाकर, अनिल कुमार, ललित नारायण राजबंशी, सोमपाल कामी, अबिनास बोहोरा, सन्दीप जोरा, रोहित कुमार पौडेल, सुनिल धमला, कमलसिंह ऐरी, आरिफ शेख र भुवन कार्की रहेका छन्।
यसैगरी, ज्ञानेन्द्र मल्लको टिममा विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, बसन्त रेग्मी, करण केसी, ललित भण्डारी, भीम सार्की, पवन शर्राफ, विक्रम शोब, सुशन भारी, दिलिप नाथ र प्रदीप ऐरी छन्।
दोस्रो खेल हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले कप्तानी गर्ने दुई फरक टोलीबीच हुनेछ। चितवनमा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय रंगशाला निर्माण लागि सहयोग जुटाउन प्रतियोगिता आयोजना गर्न लागिएको हो।