आगामी वैशाख २ गतेदेखि७ गतेसम्म दोस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट हुने भएको छ। आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आइएमई फाउन्डेसनको आयोजनामा दशरथ रंगशालामा टुर्नामेण्ट हुनेछ।
३ लाख २६हजार राशीको उक्त एकल प्रतियोगितामा देशभरबाट ८ वर्षदेखि १४ वर्षसम्मका १ सय ५० प्रतिस्पर्धी सहभागी हुने आयोजकको अपेक्षा छ।
आइएमइ फाउण्डेशनद्धारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगिताको आवेदन फारम चैत ५ गतेदेखि २५ गतेसम्म दशरथ रंगशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस एसोसिएसन सातदोबाटो ललितपुर, मण्डीखाटार टेनिस कोर्ट मण्डीखाटार, नाउलिङ्ग स्पोर्टस भिल्ला सुन्दरवस्ती भंगाल र आइएमई कम्प्लेक्स पानीपोखरीमा बुझाउनुपर्ने छ।
यसबाहेक आइएमई फाउन्डेसनको आधिकारिक वेभ पेज धधध।ष्mभायगलमबतष्यल।यचन मा उपलब्ध हुने व्यवस्था मिलाइएको सो फाउण्डेशनले जनाएको छ ।