नेपाल साफ महिला फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
आज भएको पहिलो सेमिफाइनलमा श्रीलंकाविरुद्ध ४–० गोल अन्तरको जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको हो।
नेपालले अब उपाधिका लागि भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ। भारत र बंगलादेशबीचको सेमिफाइनल पनि आजै हुने छ।
विराटनगरको शहीद रंगशालामा भएको सेमिफाइनलमा नेपालले पहिलो हाफमा १ गोल गरेको थियो भने बाँकी तीन गोल दोस्रो हाफमा सम्भव भएको हो।
नेपालको जितमा पुनम जर्घा मगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक एक गोल गरेका थिए।