सशस्त्र प्रहरी बल, नेपाल केन्द्रिय खेलकुद समितिको आयोजनामा ‘पन्ध्रौं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुुल्ला व्याडमिन्टन, ‘एघारौं सहवीर स्मृति खुल्ला लनटेनिस, छैठौं राष्ट्रिय खुुल्ला महिला भलिबल आजदेखि सुरु भएको छ ।
सम्बन्धित खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियम अनुसार संचालन भएको तीनवटै राष्ट्रिय प्रतियोगिताको कूल पुरस्कार राशी १७ लाख ६० हजार रुपैयाँ रहेको छ । नौवटा इभेन्ट्स समावेश रहेको व्याडमिन्टन प्रतियोगिताको कूल पुरस्कार राशी ७ लाख १० हजार रुपैयाँ रहेको छ भने १३ वटा इभेन्ट्स समावेश लनटेनिस प्रतियोगिताको कूल पुरस्कार राशी ५ लाख ९५ हजार रुपैयाँ रहेको छ ।
यसैगरी ४ लाख ५५ हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार तथा दोस्रो हुने टिमले एक लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरु प्रत्येकलाई ५ हजार रुपैयाँ तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
व्याडमिन्टनतर्फ पुरुष एकलमा प्र्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ तथा क्वाटरफाइनमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्ने छन् भने महिला एकलमा प्र्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार रुपैयाँ र तेस्रो हुनेले साँढे १२ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्नेछन् ।
व्याडमिन्टनतर्फको पुरुष युगलमा प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २५ हजार रुपैयाँ रहेको छ । यसैगरी महिला युगलतर्फ प्र्रथम पुरस्कार ४० हजार रुपैयाँ, द्वितिय पुरस्कार २५ हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ रहेको छ ।
यसैगरी लनटेनिसतर्फ पुरुष एकलमा प्र्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले १०/१० हजार रुपैयाँ र क्वाटरफाइनमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने महिला एकलमा प्र्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले १०/१० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
लनटेनिसतर्फ कै पुरुष युगलमा प्रथम पुरस्कार ४० हजार रुपैयाँ, द्वितिय पुरस्कार २० हजार रुपैयाँ र तृतीय पुरस्कार १०/१० हजार रुपैयाँ रहेको छ भने महिला युगलतर्फ प्र्रथम पुरस्कार ४० हजार रुपैयाँ, द्वितिय पुरस्कार २० हजार रुपैयाँ र तृतीय पुरस्कार १०/१० हजार रुपैयाँ रहेको छ ।