आईपीएलको तेस्रो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई ईन्डियन्सलाई ३७ रनले हराएको छ ।
दिल्लीले ६ विकेटको क्षतिमा २१३ रन जोडेको थियो ।
२१४ रनको लक्ष्य पछ्याएको मुम्बईले १९.२ ओभरमा ९ विकेट गुमाउँदै १७६ रनमात्र बनाउन सक्यो ।
बलिङ्कै क्रममा घाईते भएका मुम्बईका जसप्रित बुमराह मैदानमा ओर्लन नसकेपछि ९ जना खेलाडी आउट भएपछि मुम्बईको ईनिङ सकिएको हो । दिल्लीको जितमा रिशब पन्त हावी रहे, उनले २७ बलमा ७८ रन जोडे ।
मुम्बईका लागि युवराज सिंहले ३५ बलमा ५३ रन जोडे पनि टिमलाई हारबाट जोगाउन सकेनन् ।