आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा प्रदेश ५ सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह ‘बी’ लिगमा प्रदेश ५ ले सुदूरपश्चिमलाई २–१ गोलले पराजित गर्दै समूह विजेता बन्यो । विजयी टिमका लागि शशि दर्लामी र मनीष गुरुङले गोल गरे ।
पुरुषमै प्रदेश १ र कर्णालीले १–१ गोलको बराबरी खेले । ५० औं मिनेटमा सुशान्त राउतले गोल गर्दै कर्णालीलाई १–० को अग्रता दिलाएका थिए । प्रदेश १ का सञ्जय राजवंशीले ५४ मिनेटमा बराबरी गोल फर्काए । आर्मीले प्रदेश ३ लाई ८–० को फराकिलो गोलअन्तरले पन्छायो । आर्मीका प्रदीप राजवंशीले ४ तथा दिपेन्द्र ऐर, रोशन चौधरी, रन्जित राउत र देवसिंह धामीले १–१ गोल गरे ।
महिलामा आर्मीले जितका साथ यात्रा प्रारम्भ गरेको छ । प्रदेश ३ विरुद्धको खेलमा आर्मी ९–० ले सहजै विजयी भयो । आर्मीको जितमा सीतामाया बलले ह्याट्रिक गरिन् । सीता चौधरी र पिंकी सिन्जालीले २–२ तथा सरिता मगर र ईश्वरी चुन्नी मगरले १–१ गोल थपे ।
टेबलटेनिस : श्यान्टु र नविता सिंगल्स च्याम्पियन
आठौंअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नेपाल प्रहरीकाद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठ शनिबार च्याम्पियन भएका छन् । सिंगल्सको पुरुषमा श्यान्टु तथा महिलामा नविता पहिलो भएका हुन् । सातौं राष्ट्रिय खेलकुदमा पनि दुवैले सिंगल्स उपाधि जितेका थिए । च्याम्पियनद्वयले बिहीबार मिक्स डबल्समा पनि स्वर्ण जितेका थिए ।
दाङको घोराही कभर्डहलमा भएको पुरुष फाइनलमा श्यान्टुले आफ्नै क्लबका प्रदीप रोकालाई ११–१, ११–५, ११–६ र ११–५ को सोझो सेटमा पराजित गरे । शनिबारै भएको सेमिफाइनलमा श्यान्टुले एपीएफका शिवसुन्दर गोथेलाई ४–० तथा प्रदीपले एपीएफका विलोश श्रेष्ठलाई ४–२ ले हराउदै उपाधि भिडन्त पक्का गरे थिए । पराजयसंगै शिव र विलोशले तेश्रो स्थानमा रहे ।
महिला उपाधि भिडन्तमा नविताले प्रहरीकै आफ्नै नन्द एलिना महर्जनलाई ११–७, ११–५, ७–११, ११–९, ९–११ र १२–१० को सेटमा हराइन् । आर्मीका रविना महर्जन र दीक्षा तामाङले तेश्रो स्थानमा चित्त बुझाए । सेमिफाइनलमा नविताले दीक्षालाई ४–० तथा एलिनाले रविनालाई ४–२ ले निराश पारेका थिए ।
विजेतालाई प्रदेश सांसद अमर डाँगीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चैत २७ गतेदेखि सुरु प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली (आर्मी,प्रहरी,एपीएफ) बाट १ सय ६० खेलाडी सहभागी थिए । विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
लनटेनिस : दिदीभाइलाई स्वर्ण
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस खेलमा मिक्स डबल्सतर्फ एपीएफका इभान हो लिसानोविच र अश्लेषा लिसोनोविच दीदीभाईको जोडीले स्वर्ण जितेका छन । शनिबार भएको फाईनलमा उक्त जोडीले अभिलाषा विष्ट र प्रनव खनालको जोडीलाई ३–६, ६–४, १०–७ को सेटमा पराजित गरे । प्रदेश नं. ४ का अनिल साही र गंगा शर्मा तथा आर्मीका अभिनव आचार्य र ईरा एम रावतको जोडी तेस्रो भए ।
पुरुष डबल्समा प्रदेश नं. ४ का प्रदिप खड्का र नबिन मगरको जोडीले प्रदेश नं. ४ का धर्म लामिछाने र अनिल शाहीको जोडीलाई ६–३, ६–३ तथा एपीएफका इभान हो लिसानोबिच र जितेन्द्र परियारको जोडीले एपीएफकै छेवाङ लामा र सन्तोष खत्रीको जोडीलाई ६–२, ६–२ को सेट हराउदै फाइनलमा स्थान बनाए ।
महिला डबल्सतर्फ एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानोबिचको जोडीले अभिलाषा विष्ट र ईरा रावतको जोडीलाई ६–४, ६–१ तथा एपीएफका प्रेरणा कोईराला र एनि माथेमाको जोडीले प्रदेश ४ का श्रीया भट्टराई र रोमिका बुद्धाचार्यको जोडीलाई ६–०, ६–० को सेटमा पराजित गर्दै फाईनलमा स्थान पक्का गरे । प्रतियोगिताअन्तर्गत आइतबार पुरुष÷महिला डबल्सको फाइनल हुनेछ भने पुरुष÷महिला सिंगल्सको सेमिफाइनल पनि हुनेछ ।
स्क्वास : अमृत च्याम्पियन
आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा गण्डकी प्रदेशका अमृत थापा मगर च्याम्पियन बनेका छन् ।
ललितपुरको सातदोबाटोमा भएको फाइनलमा अमृतले प्रदेश ३ का प्रवीणवीरसिंह कंशाकारलाई ११–५, ३–११, ११–७ र ११–४ को सेटमा पराजित गरे । सातौं राष्ट्रिय खेलकुदमा पनि अमृत नै पहिलो भएका थिए । प्रदेश ३ का राजेन्द्र शाक्य तथा प्रदेश २ का दीपक थापाले कांस्य जिते ।
महिला सिंगल्सको राउन्ड रोविनमा प्रदेश ३ की भावना सुनुवारले लगातार चौथो जित हात पारेकी छन् । भावनाले आफ्नै प्रदेशकी विपना ब्लोनलाई ११–७, १३–११ र १२–१० ले हराइन् । ६ खेलाडी सहभागी महिलामा अब भावनाले १ खेल खेल्न बाँकी छ ।
अन्य खेलमा गण्डकीकी कृष्णा थापाले प्रदेश ३ की स्वस्थानी श्रेष्ठलाई ११–७, ११–९ र ११–८ तथा प्रदेश ३ की मन्जिला मगरले गण्डकी सालिनी घिमिरेलाई ११–३, ११–२ र ११–३ को सोझो सेटमा पन्छाए । पुरुष टिममा एपीएफले प्रदेश २ लाई ३–० तथा प्रदेश १ ले प्रहरीलाई २–१ ले निराश पारे ।
ट्रायथलन : विभागीयकाे वर्चश्व
आठौंअन्तर्गत पोखरामा सम्पन्न ट्राइयाथलनमा विभागिय क्लब नेपाल आर्मीको त्रिभुबन क्लब र सशस्त्र प्रहरीको एपिएफले सबै इभेन्ट तर्फ पदक जितेर बर्चश्व कायम गरेका छन ।
ट्राईयाथलन अन्तरगत स्प्रिन्टमा ७५० मिटर पौडी, साइक्लिङ २० किलोमिटर र ५ किलोमिटरको दौडमा पुरुष तर्फ त्रिुभबन आर्मी क्लबका दिपेश चौधरीले १ घन्टा ८ मिनेट ८८ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हात पारेका छन । यसै गरि उक्त स्र्पधामा त्रिभुबन क्लबका बसन्त थारुले १ घन्टा ९ मिनेट ९ सेकेण्डमा दुरी पार गर्दै रजत पदक तथा एपिएफका नितेश मानन्धरले १ घन्टा १५ मिनेट ९ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक हात पारे ।
यसै गरि ट्राईयाथलनको महिला तर्फ एपिएफ क्लबकी सोनी गुरुङले १ घन्टा २२ मिनेटमा दुरी पार गर्दै स्वर्ण पदक हात पारेकी छन । सोही स्र्पधामा त्रिभुबल आर्मी क्लबकी केशरी थापा मगरले १ घन्टा २९ मिनेट ३० सेकेण्डमा दुरी पार गर्दै रजत पदक तथा गण्डकी प्रदेशकी जमुना थापाले २ घन्टा ३० सेकेण्डमा दुरी पार गर्दै काश्य पदक हात पार्न सफल भइन ।
दुआथोलन स्प्रिन्टमा पुरुष तर्फ एपिएफ क्लबका लक्ष्मण मल्लले १ घन्टा १ मिनेट १५ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हात पारेका छन । सोही प्रतियोगितामा नेपाल आर्मीका हिमाल टमाटाले उक्त दुरी १ घन्टा १ मिनेट ५८ सेकेण्डमा पार गर्दै रजत र एपिएफका किरण कुमार मल्लले १ घन्टा ४ मिनेट १६ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक जितेका छन । उक्त स्प्रिन्टमा ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ र पुनः २.५ किलोमिटरको दौड हुने गर्छ ।
यसै गरि दुआथलन महिला स्प्रिन्टमा एपिएफकी हुमी बुढामगरले १ घन्टा १६ मिनेट १७ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हात पारेकी छन । यसै गरि नेपाल आर्मीकी निर्जला ताम्राकारले १ घन्टा १७ मिनेट ४७ सेकेण्डमा दुरी पार गर्दै रजत र एपिएफकी शकुन्तला बुढामगरले १ घन्टा २९ मिनेट ४६ सेकेण्डमा दुरी पारगर्दै काश्य पदक हात पारिन ।
दुआथलन महिला तर्फ स्वर्ण र काश्य पदक जित्ने हुमी र शकुन्तला दिदी बहिनी हुन । उनीहरु दुबै जना अल्ट्रा धाविकाको रुपमा आफूलाई स्थापित गरिसकेका छन । कक्षा १२ मा अध्ययनरत हुमी सन २०१८ हङकङमा सम्पन्न अल्ट्रा रेसकी बिजेता समेत हुन भने उनी अब दुई महिना पछि हुने ५० किलोमिटर अल्ट्रा रेसमा सहभागिताका लागि जापान जाने तयारी समेत गर्दैछिन ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश मुख्यमन्त्रि पृथ्बी शुब्बा गुरुङले यस प्रकारका प्रतियोगिताहरुले खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए । बिजेता खेलाडीलाई गण्डकी प्रदेश सांसद, अर्थ तथा बिकास समितीका अध्यक्ष दिपक कोइराला, नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, कास्की जिल्ला ट्राइयाथलन संघका अध्यक्ष सुमन देबकोटा लगाएतले बिजेता खेलाडीलाई मेडल प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरेका थिए ।
बास्केटबल : सदिनको विजयी
आठौंअन्तर्गत १५ औं राष्ट्रिय महिला बास्केटबलमा राष्ट्रिय टिमकी कप्तान समेत रहेकी सदीना श्रेष्ठको टोली प्रदेश ३ ले विजयी सुरुआत गरेको छ ।
दाङको घोराहीमा भएको प्रतियोगितामा प्रदेश ३ ले प्रदेश १ लाई ४८–१७ ले पराजित ग¥यो । जितमा सदीनाले ११ अंक योगदान गरिन् ।
महिलामै एपीएफले प्रदेश ४ लाई ५०–३५, प्रदेश ७ ले प्रदेश ५ लाई ३९–१८ तथा नेपाल प्रहरीले आर्मीलाई ४७–३२ ले हराए । एपीएफकी प्रतीक्षा मगरले १८, प्रदेश ७ की अनिता भण्डारीले १० तथा आर्मीकी प्रीति तुलाचन र अनिशा मल्लले समान १३–१३ अंक जोडे ।
आठौंअन्तर्गत १६ औं राष्ट्रिय पुरुषमा प्रहरीले एपीएफलाई ७५–६८, आर्मीले प्रदेश ७ लाई ९०–४५, प्रदेश ३ ले प्रदेश ६ लाई १२८–२२ र प्रदेश १ ले प्रदेश २ लाई ६२–१८ ले पन्छाए ।
बुद्धिचाल : ६ खेलाडीको समान अंक
आठौंअन्तर्गत राष्ट्रिय बुद्धिचालको महिलातर्फ मनोलिसा खुम्बु, सुजना लोहनी, सुरुची थिङ, सिन्दिरा जोशी, खुश्बु थापा र शान्ति धिमालले दोश्रो चरणको खेल समाप्तिसम्म समान २–२ अंक जोडेका छन् । खुश्बु र शान्ति प्रदेश १ तथा बाँकी चार आर्मीका हुन् ।
खुलातर्फ एपीएफका क्षितिज भण्डारी, प्रहरीका सूरवीर लामा, प्रदेश ३ का रिजेन्द्र राजभण्डारी, प्रहरीका मनीष हमालसहित ११ खेलाडीले दोश्रो चरणको खेल सकिँदा समान २–२ अंक जोडेका छन् ।
कबड्डी : आर्मीको सानदार सुरुआत
आठौंअन्तर्गत राष्ट्रिय हक्कीको पहिलो दिन शनिबार आर्मीले सानदार सुरुआत गरेको छ । पुरुष÷महिला दुवैमा आर्मीले दोहोरो जित निकाल्यो ।
बर्दियाँको बाँसगढी कबड्डी एकेडेमीमा पुरुषतर्फ आर्मीले प्रदेश १ लाई ७७–२९ तथा प्रहरीलाई ६२–३० ले पराजित ग¥यो । अन्यमा प्रदेश ५ ले प्रदेश २ लाई ३६–२६, एपीएफले सुदूरपश्चिम प्रदेशलाई ४५–३५ र गण्डकीले प्रदेश ३ लाई ५१–४७ ले हराए ।
महिलामा आर्मीले प्रदेश २ लाई ७२–१७ तथा कर्णालीलाई ५७–१२ ले पाखा लगायो । बाँकी लिगमा सुदूरपश्चिमले प्रदेश १ लाई ८१–२१, प्रदेश ५ ले गण्डकीलाई ६२–२२ र प्रहरीले प्रदेश ३ लाई ५१–२२ ले पन्छाए ।
बक्सिङ : दिवाना र ललिता सेमिफाइनलमा
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताको दोस्रो दिनको खेलमा दिवाना शेर्मा र ललिता महर्जनले जित हासिल गरेका छन् ।
४८ केजी तौल समूहको खेलमा नेपाल पुलिसकी दिवानाले प्रदेश ५ कि रिता धरलालाई अंकको आधारमा ५–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी हुन् । सोही तौलको अर्को खेलमा नेपाल आर्मीकी ललिताले प्रदेश ५ कि प्रतिभा शाहीलाई एबीडी कन्टेस्टको आधारमा हराउदै अन्तिम चारमा स्थान सुरक्षित गरिन् ।
यसैगरी महिला ४८ केजी अन्तर्गतकै खेलमा प्रदेश ३ की सुष्मा तामाङ र प्रदेश १ की प्रतिभा श्रेष्ठले सेमिफाइनलमा स्थान पक्का गरिन् । सुष्माले एपीएफकी सावित्री तामाङलाई अंकको आधारमा ४–१ ले तथा प्रतिभाले प्रदेश ४ की आकृति गुरुङलाई पनि अंककै आधारमा ५–० ले हराइन् ।
यसैगरी महिला ५१ केजीको क्वाटरफाइनलमा प्रदेश १ की रोशनी लावतीले प्रदेश ७ की सुष्मा तामाङलाइ अंकको आधारमा ४–१ ले हराउंदा प्रदेश ३ की रोशनी राइले प्रदेश ६ की मीना घलेलाई पनि अंककै आधारमा ५–० ले हराउंदै अन्तिम चारमा स्थान सुरक्षित गरिन् । सोही तौल समूहको अन्य खेलमा नेपाल अर्मीकी विमला श्रेष्ठले प्रदेश ५ की विमला थापालाई अंकको आधारमा ५–० ले हराउंदै सेमिफाइनलमा स्थान सुरक्षित गरिन् ।
महिला ६४ केजी तौल समूहको खेलमा नेपाल अर्मीकी पूनम रावलले प्रदेश ६ की अस्मिता चन्दलाई रेफ्रि स्टप कन्टेस्ट (आरएसी) को आधारमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरिन् । सोही समूहको अर्को खेलमा प्रदेश १ की तृषा जागेबु लिम्बुले प्रदेश ३ की अम्बिका बिकेलाई अंकको आधारमा हराउंदै सेमिफाइनलमा प्रवेश गरिन् । सोही तौलको अन्य खेलमा प्रदेश ५ की माया चौधरीले वाकओभर पाइन भने एपीएफकी विनिता थापा मगरले प्रदेश ७ की सुलोचना जैसीलाई एबीडी कन्टेस्टको आधारमा हराउदैसेमिफाइनलमा स्थान पक्का गरिन् ।
यसैगरी पुरुष ४९ केजी तौल अन्तर्गतको खेलमा नेपाल आर्मीका शुशील थापाले प्रदेश ३ का मदनकृष्ण डंगोललाई अंकको आधारमा हराउंदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । क्वाटरफाईनल खेल जारी छ ।
फेन्सिङ : आर्मी च्याम्पियन
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत चौथो फेन्सिङ प्रतियोगितामा ६ वटा स्वर्ण पदक जितेर त्रिभुवन आर्मी क्बल च्याम्पियन भएको छ । आर्मी डिफेन्डिङ च्याम्पियन पनि हो ।
फेन्सिङका मुख्य प्रशिक्षक अभिषेक कार्कीका अनुसार प्रतियोगिताको शनिबारसम्मको नतिजामा आर्मीले सर्वाधिक ६ वटा स्वर्ण छ । प्रदेश ३ ले ३ स्वर्ण तथा एपीएफ क्लबले दुई स्वर्ण हात पारे ।
शनिबारको खेलमा फोइल पुरुष समूहमा आर्मीले प्रदेश ३ लाई ४५–२२ को अन्तरले पराजित ग¥यो । त्यसैगरी स्याबर पुरुष समूहमा प्रदेश ३ ले एपीएफलाई ४५–३९ को अन्तरले निराश पा¥यो । इपी महिला समूहतर्फ आर्मीले एपीएफमाथि ४५–४४ को कठिन जित दर्ता ग¥यो ।
फोयल महिला समूहमा एपीएफ पहिलो बन्यो । एपीएफले आर्मीलाई ४५–३२ को अन्तरले पराजित ग¥यो । प्रतियोगिताअन्तर्गत आइतबारदेखि दाङमा ब्याडमिन्टन, नेपालगन्ज जुडो हलमा जुडो र कोहलपुरमा साइक्लिङ खेल सुरु हुनेछ ।