आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस प्रतियोगिताको दोस्रो संस्करण सोमबार शुरु भएको छ।
आइएमई फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, काठमाडौं टेनिस संघका उपाध्य क्षगोपाल दास मानन्धर, गृह मन्त्रालयका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई र टेनिससंघका पुर्व अध्यक्ष हेम लामाले संयुक्त रुपमा दशरथ रंगशालामा प्रतियोगिताको उद्घाटन गरेका हुन्।
८ वर्षदेखि १४ वर्षसम्मका वालबालिका सहभागी प्रतियोगिता आगामी शनिबारसम्म संचालन हुनेछ । प्रतियोगिताको पुरस्कार राशी ३ लाख २६ हजार रहेको छ।
आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइएमई फाउन्डेसनको आयोजनामा गत वर्षदेखि हुँदै आएको प्रतियोगितामा यस पटक पोखरा, बुटवल लगायत ठाउँबाट १११ जना प्रतिस्पर्धी सहभागी छन् ।