बुटवलमा सञ्चालित आठौं राष्ट्रिय खेलकुुद अन्तर्गतको लन टेनीस प्रतियोगितामा विभागीय टिम आर्मी र एपीएफले कब्जा जमाएका छन्।
सोमबार सकिएका प्रतियोगितामा पुुरुष टिम ईभेन्टमा एपीएफले स्वर्ण पदक जितेको छ भने नेपाली सेना रजत तथा एनआरएन टिम र गण्डकी प्रदेशले कास्य पदक जित्न सफल भएका छन्।
महिला ईभेन्टमा नेपाली सेनाले स्वर्ण पदक हात पार्न सफल भएको छ भने एपीएफले रजतमा चित्त बुुझाउनुु परेको छ । त्यस्तै प्रदेश ३ र गण्डकी प्रदेशले कास्य पदक पाएका छन्।
पुरुष एकल ईभेन्टमा एनअनरएनका संरक्षक भुुषण बज्राचार्य स्वर्ण पदक, नेपाली सेनाका प्रणब खनाल रजत तथा एपीएफका सन्तोष खत्री र गण्डकी प्रदेशका प्रदीप खड्काले कास्यमा चित्त बुुझाउन परेको छ।
महीला एकल ईभेन्टतर्फ एपीएफका प्रेरणा कोइराला स्वर्ण, नेपाली सेनाका अभिलाषा बिष्ट रजत र नेपाली सेनाकै आईराएम रावत र प्रदेश ३ का रायना शाह कास्य पदक जित्न सफल भए।
पुुरुष युुगल ईभेन्टतर्फ एपीएफका जितेन्द्र परियार आईभन्हो लिसानोभीचको जोडीले स्वर्ण पदक हात पार्न सफल भए भने गण्डकी प्रदेशका प्रदीप खड्का र नबीन मगरको जोडीले रजत पदक हात पारेका छन। भने गण्डकी प्रदेशकै धरम लामिछाने र अनील साहीको जोडीले कास्य पदक तथा एपीएफका छेवाङ्ग लामा र सन्तोष खत्रीले कास्य पदक जितेका छन्।
त्यस्तै महीला युुगलतर्फ एपीएफका सलोनी तामाङ र अश्लेषा लिसानोभीचको जोडीले स्वर्ण पदक कब्जा जमाउन सफल भए भने एपीएफकै प्रेरणा कोइराला र एनी माथेमाको जोडीले रजत कब्जा गरेका छन्। गण्डकी प्रदेशका श्रीया भट्टराई र रोमीका बुुद्धाचार्यको जाडीले कास्य पदक पाएको छ भने नेपाली सेनाका अभिलाषा बिष्ट र आईरा एम रावतको जोडीले कास्यमा चित्त बुझाएका छन्।
मिश्रित ईभेन्टमा एपीएफका आईभन्हो लिसानोभीच र अश्लेषा लिसानोभीचको जोडीले स्वर्ण पदक हात पारेका छन् भने नेपाली सेनाका प्रणब खनाल र अभिलाषा बिष्टको जोडीले रजत पदक प्राप्त गरे। त्यस्तै गण्डकी प्रदेशका अनिल साई र गंगा शर्माको जोडीले कास्य तथा नेपाली सेनाका तर्फबाट अभिनब आचार्य र आईरा एम रावतको जोडीले कास्य पदक पाएका छन्।
बिजेता खेलाडीलाई प्रदेश ५ का सांसद तथा नेकपा प्रमुुख सचेतक भुमिश्वर ढकाल, लन टेनीस संघका केन्द्रीय अध्यक्ष ज्योती राणा, जिल्ला खेलकुुद विकास समितिका अध्यक्ष योग गुुरुङ्ग, बुुटवल उपमहानगरपालीका वडा न. ११ का अध्यक्ष रामचन्द्र क्षेत्री लगायतले प्रमाणपत्र तथा शिल्ड र मेडल प्रदान गरेका थिए।