अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय वरीयतामा नेपालले एक स्थान फड्को मारेको छ ।
नेपालभन्दा अगाडि रहेको यूएई जिम्बावेसँगको ४ खेलको एकदिवसीय सिरिजमा पराजित भएपछि त्यसको फाइदा नेपाललाई भएको हो । ४ खेलको सिरिज जिम्बावेले ४-० ले क्लिन स्वीप गरेको हो ।
आइसीसीले जारी गरेको नयाँ वरीयतामा युएईलाई पछि पार्दै नेपाल १४औँ स्थानमा उक्लेको हो। टी २० मा पनि नेपाल १४औँ स्थानमै छ । गत माघमा नेपालले पहिलो एकदवसीय सिरिज जित्ने क्रममा युएईलाई २-१ ले पराजित गरेपछि नेपाल पहिलो पटक एकदिवसीय वरीयतामा समावेश भएको हो ।
वरीयतामा समावेश १६ राष्ट्रमध्ये नेपालको रेटिङ १५ र प्वाइन्ट १५२ छ । नेपालभन्दा पछाडि युएई १५औँ स्थानमा छ भने नेदरल्याण्ड्स १६औँ स्थानमा छ । वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड छ भने भारत दोस्रो र न्यूजिल्याण्ड तेस्रो स्थानमा छ।