नेपाल अन्डर १९ विश्वकप छनोटको खेलबाट बाहिरिएको छ । मलेसियामा बिहीबार जारी २०२० को छनोट प्रतियोगितामा वर्षले प्रभावित खेलमा यूएईसँग व्यहोरेको १ रनको हार नेपाललाई घातक बनेको हो । हारसँगै नेपालले २०२० मा हुने यू-१९ विश्वकप क्रिकेट खेल्न पाउनेछैन ।
तर, अर्को खेलमा यूएईले ओमानमाथि १० विकेटको सानदार जित हात पारेको छ । यससँगै ५ खेलबाट १० अंक जोडेको यूएई विश्वकपमा छनोट भइसकेको छ ।