आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा जारी प्याराग्लाइडिङतर्फ नेपाली सेनाको त्रिभुवन क्लबले एक्युरेसी र क्रसकन्ट्री तर्फका दुबै इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै अग्रस्थानमा छ । दोस्रो दिनको खेल जारी रहँदासम्म एक्युरेसी टिम इभेन्टमा नेपाल सेनाले आइतबारकोप्रदर्शन दो¥हाउँदै १४५ अंकका साथ प्रथम स्थानमा छ ।
प्रदेश नं १, ९ सय ५५ अंकका साथ दोस्रो र गण्डकी प्रदेश १ हजार ३ सय ५५ अंकका साथ तेस्रो स्थानमा उभिएका छन् । पुरुष इन्डिभिजुअल एक्युरेसीतर्फ पनि नेपाली सेनाले उत्कृष्ट प्रदर्शन दो¥हाउँदै प्रथम स्थानमानै आफूलाई उभ्याएको छ । पुरुष इन्डिभिजुअल एक्युरेसीमा नेपाली सेना खेलाडीहरु सागर जलारी र सागर नेपालीबीच तीव्र प्रतिष्पर्धा देखिएको छ । जलारी ८ अंकका साथ अग्रस्थानमा छन् भने नेपाली ११ अंकका साथ दोस्रो स्थानमा छन् । प्रदेश नं १ का रोशन बस्नेत १९ अंकका साथ तेस्रो स्थानमा छन् ।
महिला इन्डिभिजुअल एक्युरेसीतर्फ समेत नेपाली सेना अग्रस्थानमा छ । २ दिनको खेल तालिकामा नेपाली सेनाकी दुर्गामाया १ सय ७७ अंकका साथ प्रथम स्थानमा उक्लिएकी छिन् । गण्डकी प्रदेशकी सबिता तामाङ २ सय ८७ अंकका साथ दोस्रो र गण्डकी प्रदेशकै प्रतिभा बोगटी ३ सय ७९ अंकका साथ तेस्रो स्थानमा छन् ।
टिम एक्युरेसी र इन्डिभिजुअल एक्युरेसीको २ दिनको खेलमा ४ राउन्डका खेल भए । सोमबार अन्तिम १ राउन्ड बाँकी रहेको इभेन्ट म्यानेजर बिमल अधिकारीले जानकारी दिए ।क्रस कन्ट्रीतर्फ आज ३० किलोमिटरको टास्क भएको छ । क्रस क्रन्ट्रीतर्फ पनि नेपाली सेनाले उत्कृष्ट प्रदर्शनजारी राखेको छ । क्रसकन्ट्री टिम इभेन्टमा ५ हजार ९ सय ३३ अंकका साथ पहिलो स्थान बनाएको छ भने गण्डकी प्रदेश ५ हजार ८ सय ९३ का साथ दोस्रो र प्रदेश ३ ५ हजार ६ सय ९५ का साथ तेस्रो स्थानमा छन् ।
क्रस कन्ट्री इन्डिभिजुअल पुरुषतर्फ आइतबारको खेलमा नेपाली सेनाका सुरज थापाले ९ सय १३ अंक बटुलेका छन भने गण्डकीका आशीष थापाले ८ सय ६९ र नेपाली सेनाका निशिन थापाले ८ सय १८ अंक पाए । शनिबार र आइतबार पुरुष इन्डिभिजुअलतर्फ अंकका आधारमा ओभरअलमा नेपाली सेनाका सुरज थापा १ हजार ७ सय ४६ अंकका साथ प्रथम स्थान नजिक देखिएका छन भने प्रदेश ३ का कृष्णबहादुर सुनुवार १ हजार ६ सय ११ अंकका साथ दोस्रो र नेपाली सेनाकै विशाल थापा १ हजार ६ सय६ अंकका साथ तेस्रो स्थानमा रहेका छन ।
महिला क्रस कन्ट्री इन्डिभिजुअलतर्फ गण्डकी प्रदेशकी त्रिशा वमजन ७ सय ७७ अंकका साथ प्रथम, प्रदेश १ की सुष्मिता सुनुवार २ सय ८८ अंकका साथ दोस्रो र नेपाली सेनाकी स्वस्तिका गुरुङ २ सय ७९ अंकका साथ तेस्रो स्थानमा छन् ।
प्याराग्लाइडिङका खेलाडी तथा अफिसियललाई खेलमा उत्साह जगाउन राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले आफ्नोतर्फ बाट खाजा प्रवन्ध गरेका थिए । उनले प्याराग्लाइडिङ सिक्दै गरेका २ युवालाई नगद ५ हजारसमेत प्रदान गरे । नेपालको खेल इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएको प्याराग्लाइडिङमा विभागीय टिम नेपाली सेना र ५ प्रदेश गरी ६ टिमका ५९ जना खेलाडी ६ वटा स्वर्ण पदकका लागि प्रतिश्पर्धामा छन् ।