विश्वकप फुटबलकाे समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई पराजित गर्दै दक्षिण कोरिया नकआउट चरणमा प्रवेश गरेको छ । समूह ई को अन्तिम खेलमा पोर्चुगलमाथि २-१ को जित दर्ता गर्दै कोरिया उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।
पोर्चुगलले पहिलो हाफमा अग्रता लिएपनि त्यसलाई दोस्रो हाफसम्म लग्न सकेन । दोस्रो हाफमा थप खेलाडी विश्राम दिँदै पोर्चुगलले जोखिम नलिने रणनीति लिएको थियो । अर्को खेलमा ऊरुग्वे जिततर्फ उन्मुख भएपछि पोर्चुगल हारले पनि समूह विजेता बनेकाे छ । इन्ज्युरी समयमा गोल गर्दै कोरियाले २-१ को अप्रत्याशित जित हासिल गर्यो ।
खेलको पाँचौ मिनेटमा पोर्चुगलले अग्रता लियो । डिअोगो डालोटको कटब्याकलाई रिकार्डो होर्टाले ६ यार्ड बक्स नजिकबाट सुन्दर फिनिस गरे ।२७ अौं मिनेटमा दक्षिण कोरियाले बराबरी गोल फर्कायो । कर्नरमा क्लियर हुन नसकेको बललाई किम युङ-ग्वनले गोलमा परिणत गरे । ६ यार्ड बक्स भित्रबाट उनले गोल गरेका थिए ।
दोस्रो हाफको इन्ज्युरी समयमा कोरियाका ह्वाङ हि चानले इन्ज्युरी समयमा गोल गर्दै खेल र समूह समीकरणमा अग्रता लियो । पोर्चुगलको कर्नर असफल भएपछि ह्युङ मिन सनले आफ्नो हाफदेखि बल अघि बढाउँदै पोर्चुगलको पेनाल्टी नजिक पुर्याए । सनले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पासलाई ह्वाङ हि चानले गोलमा परिणत गरे ।
समूहको अर्को खेलमा उरुग्वेले घानालाई २-० ले पराजित गरेपनि दुवै टोली अघि बढ्न सकेनन् ।यस नतिजासँगै पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्यो । पोर्चुगलले ३ खेलमा ६ अंक जोड्दै समूह विजेता बन्यो ।