पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता पीपीएलको फाइनल खेल अाज हुदैंछ। उपाधिका लागि घरेलु टोली पोखरा पल्टन र चितवन राइनोज भिड्दै छन्।
पोखरा पल्टनको कप्तानी शरद भेषावकरले गरेका छन् भने चितवनको कप्तानी पारस खड्काले गरेका छन्। पोखरा समूह चरणमा शीर्ष स्थानमा रहदैं पीपीएलको फाइनलमा पुगेको हो भने चितवनले काठमाडौं रोयल्सलाई इलिमिटर राउण्डमा पराजित गरेको थियो।
सर्वाधिक ठूलो पुरस्कार राशीको यस पीपीएलको उपाधि विजेताले नगद २७ लाख प्राप्त गर्ने छ भने उप विजेता हुनेले १० लाख रुपैयाँ पाउने छ। यसैगरी उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ। फाइनल खेल पाेखरा रंगशालामा विहान ११ बजेदेखि शुरु हुने छ।