पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता पीपीएलको फाइनल खेल चलिरहेकाे छ। उपाधिका लागि अहिले घरेलु टोली पोखरा पल्टन र चितवन राइनोज भिडिरहेका छन्।
टस हारेर पहिले व्याटिङ गरेकाे चितवनले पाेनरालार्इ १६१ रनकाे विजयी लक्ष्य दिएकाे छ। चितवनले निर्धारित २० अाेभरमा पाँच विकेट गुमाएर १६० रन बनाएकाे थियाे। चितवनका लागि कप्तान पारस खड्काले सर्वाधिक ५१ रनको योगदान दिए। यस्तै, सन्नी पटेलले ४३, अनिल कुमार साहले ३७ रन जोड्दा आरिफ शेख १४ रनमा नटआउट रहे।
पाेखराले अहिले जवाफी व्याटिङ गरिरहेकाे छ। पोखरा पल्टनको कप्तानी शरद भेषावकरले गरेका छन् भने चितवनको कप्तानी पारस खड्काले गरेका छन्।