धनुषामा प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ।
हरेक बर्षजस्तै दीपावली तथा छठ पर्वको अवसरमा बटेश्वर गाउँपालिका २ सितापुरमा ७ औँ गोल्डकप फुटबल प्रतियोगिता हुन लागेको हो।
स्थानीय बन्देवीमाइ युवा क्लबले अयोजना गर्न लागेको उक्त प्रतियोगितामा प्रदेश २ का विभिन्न जिल्लाका ८ वटा टिम सहभागी हुने प्रतियोगिताका संयोजक रुपचन्द्र ठाकुरले जानकारी दिए।
सहभागीे टिममा सितापुर बन्देवी क्लब, भंगहा बजरंग क्लब, महोत्तरी एकेडमी, बारा–११, गाइघाट–११ उदयपुर, हेटौँडा स्पोर्ट मुन्डयाल, फतेपुर–११ सप्तारी र गोलबजार–११ सिरहा छन्।
अगामी कात्तिक २४ गतेदेखि मंसिर १ गतेसम्म हुने प्रतियोगितामा विजेता टिमलाई पुरस्कार स्वरुप रु. ५० हजार र उपविजेता टिमलाई रु. २५ हजार प्रदान गरिने क्लबका अध्यक्ष निरन्जन गौतमले बताए।